संविधान सभा सदस्य चौधरी कांग्रेसमा प्रवेश

Byसदाम हुसैन

२०८२ फाल्गुन २, शनिवार २०८२ फाल्गुन २, शनिवार २०८२ फाल्गुन २, शनिवार
नेता केदारनन्दन चौधरीलाई नेपाली कांग्रेसमा स्वागत गर्नुहुँदै कांग्रेस सभापति गगन थापा ।

सर्लाही, ०२ फागुन । संविधान सभाका सदस्य एवं जसपा नेपालका नेता केदारनन्दन चौधरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । 

सर्लाहीको क्षेत्र नं. ४ स्थित बलरा नगरपालिका ९ अचलगढमा आयोजित कार्यक्रममा संविधान सभा सदस्य चौधरी जसपा नेपाल परित्याग गरेर कांग्रेसमा प्रवेश गर्नुभएको हो । 

चौधरीसँगै जसपा नेपालका महासचिव मनिषकुमार मिश्र पनि नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । 

उहाँहरुलाई नेपाली कांग्रेसका सभापति एवम् सर्लाही क्षेत्र नं. ४ का उम्मेदवार गगनकुमार थापाले पार्टीमा प्रवेश गराउनुभएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *