सर्लाही, २६ फागनु । निर्वाचन अधिकृतको कार्यालयले धनुषा-१ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी शाह कमलको उम्मेदवारी खारेजीले मतगणनाको अन्तिम परिणाम घोषणा विवादमा रहेको बेला मुख्य निर्वाचन अधिकृतको कार्यालयले यादवलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

अन्तिम मतगणना परिणामअनुसार यादवको १० हजार ४०३ मत आएको थियो । कांग्रेसका रामपल्टन साहको ९ हजार ५०२ र एमालेका रामचन्द्र मण्डलको ९ हजार ३१५ मत गणना भएको थियो ।

यी उम्मेदवारहरूभन्दा १३ हजारभन्दा बढी मत रास्वपाको चुनाव चिह्नमा आएको थियो । तर रास्वपाका उम्मेदवार साहको उम्मेदवारी खारेजी भएको कारणले उनको परिणाम सार्वजनिक गरिएको छैन ।

गत फागुन १८ गते रास्वपाका उम्मेदवार शाहको उम्मेदवारी निर्वाचन आयोगले खारेजी गरेको थियो। साह त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दिएछन् ।

सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले तत्काल निर्वाचन क्षेत्र नम्बर १ को अन्तिम परिणाम सार्वजनिक नगर्न आदेश दिएको थियो ।

तर उम्मेदवार खारेजीको अवस्थामा त्यसपछि आफ्नो पहिलो मत रहेकाले निर्वाचन परिणाम घोषणा गर्न र आफूलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गर्न नेकपाका उम्मेदवार यादवले दबाब दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *