सर्लाही, २३ चैत्र । अब शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ । आइतबार बसेको नेप्से सञ्चालक समितिको बैठकले सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने निर्णय गरेको हो ।

सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्सेले पनि सोहीअनुसार शुक्रबार सेयर कारोबार खोल्ने निर्णय गरेको हो । यो निर्णय यही सातादेखि लागू हुनेछ ।

अब आइतबार भने सेयर बजार बन्द रहनेछ । यसअघि आइतबारदेखि बिहीबारसम्म सेयर कारोबार हुँदै आएको थियो । यसरी आइतबारको साटो शुक्रबार बजार खोल्ने निर्णय भए पनि कारोबार समय भने ११ बजेदेखि ३ बजेसम्म नै यथावत् राखिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *