सर्लाही,चैत्र २३ । कलाकार सागर लम्साल बलेमाथि अभद्र व्यवहार गर्नु नहुने कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा भ्रामक सूचना र अभिव्यक्तिहरु नदिन सबैलाई अनुरोध गरेका छन् ।
बलेमाथि अमेरिकाबाट एक युवतीले बलात्कारको आरोप लगाएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । यद्यपि, कुनै जाहेरी नपरेकाले प्रहरीले अभद्र व्यहारको कसुरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन म्याद लिएको छ ।
प्रहरी उपरिक्षक भट्टराईले भनेका छन्, ‘उक्त सन्दर्भमा सामाजिक सञ्जालमा विभिन्न व्यक्ति तथा समाचार एजेन्सीको नाममा सञ्चालित अकाउन्टबाट विभिन्न प्रकारका अभिव्यक्ति, धारणा र सूचना सम्प्रेषित भएको प्रति ध्यानाकृष्ट भएको छ । अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको विषयमा भ्रामक तथा अप्रमाणित सूचनाहरु सम्प्रेषण नगर्न-नगराउनका लागि सबैमा हार्दिक अनुरोध गरिन्छ ।’
