काठमाडौं,चैत्र २३ । भारतका प्रमुख विपक्षी दल कांग्रेस आईका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गम्भीर आरोप लगाएका छन् । एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गान्धीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मोदीका सबै कमजोरीको फाइल रहेकाले उनी एस सर भन्ने हैसियतमा झरेको दाबी गरेका छन् । गान्धीले ट्रम्पसँग रहेको बहुचर्चित एपस्टिन फाइलमा मोदीको कर्तुत पनि जोडिएको आरोप लगाएका छन् ।गान्धीले भने-आज डोनाल्ड ट्रम्प भन्दै छन् हिन्दुस्तानका प्रधानमन्त्रीको करिअर एक मिनेटमा खत्तम गर्न सक्छु । उनी भन्दैछन् जब म टेलिफोनमा मोदीसँग कुरा गर्न खोज्छु उनी फोन उठाएर एस सर भन्छन् । हेर्नुस् हिन्दुस्तानको प्रधानमन्त्रीको हैसियत कहाँ पुग्यो ? किनकी एपस्टिन फाइल ट्रम्को हातमा छ, मोदीको पूरै सच्चाई उनीसँग छ । उता अमेरिकाले गौतम अडानीमाथि क्रिमिनल केस लगाइदियो किनकी उनी जान्दछन् अदानी कुनै मामुली कम्पनी होइन, अदानी बीजेपीको आर्थिक सिस्टम हो । अदानी कम्पनी होइन यसको सच्चा नाम मोदानी कम्पनी हो, यो कुरा ट्रम्पलाई थाहा भयो र कमजोरीमै समात्यो ।
