सर्लाही,२७ चैत्र । एनसेलले कल र इन्टरनेट सेवाको शुल्क ६५ प्रतिशतले घटाएको छ । कम्पनीले प्रिपेड ग्राहकका लागि आकर्षक अनलिमिटेड कम्बो प्याक सञ्चालनमा ल्याएको छ ।

नयाँ वर्ष ०८३ को अवसर पारेर सञ्चालनमा ल्याइएको यस प्याकमा अनलिमिटेड डेटा, अनलिमिटेड कल र एसएमएस सेवालगायत आकर्षक सुविधा छन् । 

कम्पनीले यसअघि प्रदान गर्दै आएको १,९९९ को कम्बो अनलिमिटेड कल र इन्टरनेट सेवाको तुलनामा यो प्याकमा पाइने उही सेवाको मूल्य ६५ प्रतिशतले घटेको छ । अब यो प्याकको मूल्य करसहित ६ सय ९९ पर्नेछ भने समयावधि २८ दिन रहनेछ ।

कम्पनीका अनुसार कुनै पनि नेटवर्कमा अनलिमिटेड कल गर्न सकिने, अनलिमिटेड डेटा, दैनिक एक सय एसएमएस र लायन्स गेट प्लेमा निःशुल्क पहुँच यो प्याकका मुख्य विषेशता हुन् । 

‘कनेक्टिभिटीको महत्व र दूरसञ्चार सेवाप्रतिको बढ्दो मागलाई ध्यानमा राख्दै, नयाँ वर्ष ०८३ का अवसरमा अनलिमिटेड डेटा र कलसहितको यो प्याक सञ्चालनमा ल्याएका छौँ,’ कम्पनीले भनेको छ, ‘यो विशेष प्याकले सेवाको लागत थप घटाउँदै ‘बेस्ट भ्यालु’ प्रदान गर्छ र ग्राहकको जीवनलाई ननस्टप र डिजिटल बनाउँदै सधैँ अन रहन सहयोग पुर्‍याउने विश्वास लिएका छौँ ।”

यो प्याकले मनोरञ्जनका लागि ग्राहकलाई लायन्स गेट प्लेका विभिन्न प्रकारका सामग्रीमा पहुँच सुनिश्चित गर्छ । यसमा हलिउडका हिट फिल्महरूदेखि लिएर, टिभी सो, लायन्स गेट ब्यानरमा बनेका ओरिजिनल कन्टेन्ट, वृत्तचित्रलगायतका सामग्री छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *