सर्लाही,३ वैशाख । गृहमन्त्री सुधन गुरुङले आफ्नाे सम्पत्तिको विषयमा अनावश्यक भ्रम नफैलाउन आग्रह गरेका छन् । आफ्नो सम्पत्ति विवरणको विषयलाई लिएर उठेका प्रश्नको जवाफ दिने क्रममा उनले अनावश्यक भ्रम नफैलाउन आग्रह गरेका हुन् ।
संघीय संसद सचिवालयको प्राङ्गणमा सञ्चारकर्मीलाई जवाफ दिँदै उनले अहिले आएको विवरण अनुसार उक्त सम्पत्ति आफ्नो हजुरबुवाको अंशबण्डा नहुँदैको रहेको र सम्पत्तिको विषयमा अनावश्यक भ्रम नफैलाउन अनुरोध गरे ।
