सर्लाही,७ वैशाख । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने भएको छ । अनुशासन समितिको सोमबार दिउँसो ३ बजे बस्ने बैठकबाट खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने तयारी भएको हो ।

कांग्रेसका एक नेताका अनुसार सो विषय समितिको बैठकमा छलफल हुनेछ । ‘उहाँहरूले सर्वोच्च अदालतले गरेको फैसला मान्ने भएपछि त हामीले सोधेको स्पष्टीकरणबारे पनि छलफल गर्नुपर्ने अवस्था देखिएको छ । यो विषयमा छलफल भएर फिर्ता लिने सम्भावना छ,’ ती नेताले शिलापत्रसँग भने ।

खड्काको स्पष्टीकरणका सम्बन्धमा सभापति गगनकुमार थापाले समितिका सदस्यहरूसँग कुराकानी गरेका छन् ।

खड्काले भने आफूलाई स्पष्टीकरण सोध्ने अनुशासन समितिको निर्णय हास्यास्पद र अर्थहीन रहेको बताउँदै आएका थिए । आइतरबार राति कांग्रेस सभापति थापा खड्कालाई भेट्न खड्कानिवास गोल्फुटार पुगेका थिए ।

खड्कालाई २ वैशाखमा बसेको अनुशासन समिति बैठकले पार्टीको लेटरप्याड दुरुपयोग गरी नभएको पद उल्लेख गरेर विज्ञप्ति निकालेको भन्दै सात दिने स्पष्टीकरण सोधेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *