सर्लाही, ११ बैशाख । सेवाग्राहीको कामलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय महोत्तरीले नयाँ व्यवस्था लागू गरेको छ ।

अब राहदानी बनाउने सेवाग्राहीले आफ्नो घर ठेगानामै राहदानी प्राप्त गर्न सक्ने भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद् को गत चैत १३ गतेको बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी १०० बँदे कार्यसूची अन्तर्गत बुँदा नं. २७ कार्यान्वयन गर्दै उक्त सेवा सुरु गरिएको हो ।

कार्यालयका अनुसार बैशाख १० गतेदेखि लागू हुने गरी अब सेवाग्राहीले राहदानीका लागि आवेदन दिँदा उल्लेख गरेको ठेगानामा नेपाल हुलाक सेवा मार्फत राहदानी पु¥याइने व्यवस्था मिलाइएको छ ।

यसअघि राहदानी लिन सेवाग्राही आफैं कार्यालय धाउनुपर्ने बाध्यता रहेकामा नयाँ व्यवस्थाले समय, खर्च र झन्झट घटाउने विश्वास गरिएको छ ।

ग्रामीण क्षेत्रका नागरिकलाई विशेष लाभ पुग्ने विश्वास गरिएको छ । कार्यालयले सेवाग्राहीलाई आवेदन फाराम भर्दा ठेगाना स्पष्ट र सही उल्लेख गर्न भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *