सर्लाही, १६ बैशाख । सर्लाहीको बागमतीस्थित भरत ताल नजिकै मानव कङ्काल फेला परेको छ । बागमती नगरपालिका–१२, मा भरत तालदेखि उत्तरतर्फ ढुङ्गा, गिट्टी थुपारिएको स्थानमा कङ्काल बनिसकेको अवस्थामा शव फेला परेको हो ।

घाँस काट्न जाने मानिसहरुले मानव कङ्काल देखेपछि प्रहरीमा खबर गरेका थिए ।

टाउको छुट्टिएको र शरीर पनि पूर्णरुपमा क्षतविक्षत अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । कपडा हेर्दा पुरुषको शव जस्तो देखिएको बताइएको छ ।

उक्त मानव कङ्काल पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।

मृतकको पहिचान खुलाउन अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले जानकारी दिनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *