सर्लाही, १७ बैशाख । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले बदनियत राखेर पार्टी सभापति गगन थापाले पार्टीको क्रियाशील सदस्यता फेरि नवीकरण गर्ने प्रयास गरिरहेको निष्कर्ष निकालेको छ ।
नेता पूर्णबहादुर खड्काले राखेको देउवा समूहको भेलाले पार्टीको विधानअनुसार सदस्यता नवीकरण र नवीकरणको काम सकिसकेको निष्कर्ष निकोलेको छ ।
खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘१५ औँ महाधिवेशनको कार्यतालिका बमोजिम क्रियाशील सदस्यता नवीकरण र वितरण कार्य पनि लगभग सम्पन्न भइसकेको अवस्थामा फेरि अद्यावधिको नाममा पूर्वाग्रही ढङ्गले स्थापनाकालदेखिको इतिहास र लोकतन्त्रको क्रान्ति, सङ्घर्ष र आन्दोलनको योद्धाहरूको जीवनसँग जोडिएकाको क्रियाशील सदस्यता खारेज गर्दै अन्य कुनै नाममा नवीकरण गर्ने भन्ने कुरा सरासर गलत हो ।’
अहिले सदस्यता अद्यावधिको नाममा बदनीयतपूर्ण कार्य गरिएको भन्दै नगर्न नगराउन अपिल गरेको छ ।
