सर्लाही, २४ बैशाख । बलिउडमा वर्षमा सबैभन्दा बढी फिल्म गर्ने अभिनेता हुन् अक्षय कुमार । उनले सरदरमा वर्षमा ३–४ वटा फिल्म गर्दै आएका छन् ।
यसैबीच, अक्षयले अभिनयबाट छोटो ब्रेक लिएका छन् । यो ब्रेकको कारण उनको आँखाको शल्यक्रिया हो ।
हिन्दुस्तान टाइम्सका अनुसार अभिनेतासँग नजिकको स्रोतलाई उद्धृत गर्दै बताइएको छ कि अक्षय कुमारको आँखाको सामान्य शल्यक्रिया गरिएको हो ।
यो दृष्टि सुधारसम्बन्धी शल्यक्रिया थियो । अब अक्षय केही दिन विश्राम लिनेछन् र स्वास्थ्यमा ध्यान केन्द्रित गर्नेछन्, उनले अनीस बज्मीसँगको आफ्नो आगामी फिल्म ‘केरलम’ को सुटिङ तालिका पनि पूरा गरिसकेका छन् ।
उनको शल्यक्रिया बुधबार गरिएको हो । त्यसको केही घण्टाअघि मात्र उनले फिल्म ‘केरलम’ को सुटिङ सकाएका थिए ।
यस फिल्ममा उनी विद्या बालन र राशी खन्नासँग देखिनेछन् ।
