एआईबाट तयार गरिएको सांकेतिक फोटो ।

सर्लाही, २६ बैशाख । सर्लाहीको बरहथवामा १६ वर्षकी एक बालिकाको विवाह रोकेको छ ।  

प्रहरीले बरहथवा नगरपालिका–६, मुसहर बस्तीमा बालविवाह हुन लागेको अवस्थामा प्रहरीले त्यहाँ पुगेर विवाह रोकेको हो ।

१६ वर्षकी बालिकाको आउने आइतबार सर्लाहीकै चन्द्रनगर गाउँपालिका–४, पोखरियामा विवाहको कार्यक्रम तय भएको थियो ।

स्थानीयबाट बालविवाह हुन लागेको सूचना पाएपछि अभिभावकलाई सम्झाइबुझाइ गरी विवाह रोकिएको इलाका प्रहरी कार्यालय बरहथवाका महिला तथा बालबालिका, ज्येष्ठ नागरिक सेवा केन्द्रका इन्चार्ज एवं प्रहरी निरीक्षक सुष्मा कठायतले जानकारी दिएका छन् ।

उनका अनुसार प्रहरीसहित वडाध्यक्ष, कर्मचारीलगायत गएर बालविवाह नगर्न-नगराउन सचेत गराइएको छ । २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाउने कानुनी प्रावधान रहेको छ ।

कानुन अनुसार २० वर्ष पुगेपछि मात्र विवाह गर्न सचेतना जगाउँदै अहिले विद्यालयमा पुगेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको प्रहरी निरीक्षक कठायतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *