सर्लाही, ३० बैशाख । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्न प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभामा उपस्थित नभएपछि विपक्षी दलका सांदहरूले संसद बैठक अवरोध गरेका छन् ।
विपक्षीले अवरोध गरिरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले बैठक बहिष्कार गरेका छन् ।
सो पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरू बैठक छाडेर बाहिरिएका छन् ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहको राजीनामा समेत माग गरेका थिए ।
