ट्रम्पपछि अब पुटिन जाँदै छन् चीन

Byसदाम हुसैन

२०८३ जेष्ठ २, शनिवार २०८३ जेष्ठ २, शनिवार २०८३ जेष्ठ २, शनिवार
In this pool photograph distributed by the Russian state agency Sputnik, Russia's President Vladimir Putin holds a meeting on the global oil and gas market situation in Moscow on March 9, 2026. (Photo by Gavriil Grigorov / POOL / AFP)

काठमाण्डाैं, ०२ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर फर्केलगत्तै अब रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने राजकीय भ्रमणका लागि मे १९ मा चीन जाने भएका छन् । 

क्रेमलिनद्वारा जारी विज्ञप्ति अनुसार, पुटिनले आफ्नो भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग  अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा विस्तृत छलफल गर्नेछन् ।

वार्तापछि दुवै नेताले एक संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्ने कार्यक्रमसमेत तय गरिएको छ । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले बेइजिङमा राष्ट्रपति सीसँग भेटवार्ता गरेका थिए ।

उक्त भ्रमणलाई ट्रम्पले अत्यन्त सफल भनेका छन् । त्यस्तै, चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति सीले ट्रम्पको भ्रमणलाई ऐतिहासिक र एउटा महत्त्वपूर्ण कोशेढुङ्गाको संज्ञा दिएका छन् । 

ट्रम्पको भ्रमणका क्रममा दुई देशबीच सम्बन्ध सुमधुर देखिए पनि कुनै ठूला व्यापारिक सम्झौता वा नयाँ डिलको घोषणा भने गरिएको थिएन । ट्रम्प फर्किए लगत्तै हुन लागेको पुटिनको यो भ्रमणलाई विश्व राजनीतिमा निकै चासोका साथ हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *