सर्लाही, ०५ जेठ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सुकुमबासी समस्या समाधानका लागि सरकारले नयाँ संरचनामार्फत काम अघि बढाएको र अबको केही हप्ताभित्रै लालपुर्जा वितरण सुरु गरिने बताएकी छिन् ।

मन्त्री रावलको सचिवालयले पठाएको एक भिडियोमा रावलले सुकुमबासी समस्या समाधानका लागि विगतमा अपनाइएका पुराना ढर्रा र संरचनाहरू प्रभावकारी नभएको स्वीकार गरिन् । उनले भनिन्, ‘पुरानो ढर्राबाट हुँदैन, पुराना जति पनि हाम्रा संरचना थिए, त्यसले राम्ररी काम गरेन र केही पनि नतिजा दिन सकेन ।’

विगतको असफलतालाई मध्यनजर गर्दै सरकारले फरक किसिमबाट अगाडि बढ्नुपर्छ भन्ने मान्यताका साथ अध्यादेशमार्फत संरचनामा फेरबदल गरेको उनले जानकारी दिइन् । नयाँ संरचनाहरू बन्ने क्रममा रहेको र यसले चाँडै नतिजा दिने उनले दाबी गरिन् ।

सरकारको अबको लक्ष्य केही हप्ताभित्रै लालपुर्जा वितरण गर्ने रहेको मन्त्री रावलले स्पष्ट पारिन्। ‘पक्कै पनि अबको केही हप्तामा सुकुमबासीको हकमा हामी लालपुर्जा वितरण गर्छौँ,’ उनले भनिन् । 

सरकारले सहकारी पछि सुकुमबासी समस्यालाई प्राथमिकतामा राखेर समाधानको प्रयास गरिरहेको उनको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *