सर्लाही, ०८ जेठ । अमेरिकी विश्व च्यानल सीएनएनले इरानले अमेरिकी अधिकारीले सोचेभन्दा चाँडो सैन्य पुनः निर्माण गरेको बताएको छ ।

सीएनएन अनलाइनको एक समाचारका अनुसार अमेरिकी गुप्तचर निकायका सूचकले दिएको जानकारीले इरानमा भएको क्षति अमेरिकाले दाबी गरेभन्दा कम भएको पनि उल्लेख गरिएको छ ।

इरानले ड्रोन तथा मिसाइललाई छ हप्तामै पुनःस्थापना गर्न सफल भएको सीएनएनले उल्लेख गरेको छ ।

इरानको सैन्य पुनःनिर्माणले गर्दा इरान सीएनएनको भनाइमा क्षेत्रीय सुरक्षाको लागि चुनौती देखिएको छ । गत हप्ता सीबीएससँग बोल्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानलाई चीनले मिसाइल प्रशोधनका उपकरण दिइरहेको आरोप लगाएका थिए ।

तर, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने त्यो आरोपलाई सत्यतामा आधारित नभएको भन्दै पत्रकार सम्मेलन गरेर प्रतिवाद गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *