सर्लाही, ११ जेठ । सर्लाहीको सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय परिसरमा आज निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।

नेपाल प्रहरी कर्मचारीहरूलाई लक्षित गरी आयोजित उक्त शिविरमा थाइराइड तथा सुगर रोगको निःशुल्क परीक्षण गरिएको हो ।

तिरुपति बालाजी अस्पताल प्रा.लि., मलङ्गवाको आयोजनामा सञ्चालन गरिएको शिविरमा १५० जना बिरामीहरूको सफलतापूर्वक नमुना संकलन (स्याम्पल कलेक्सन) गरिएको अस्पताल स्रोतले जनाएको छ ।

शिविरमा T3, T4, TSH तथा सुगर परीक्षणका लागि आवश्यक नमुना संकलन गरिएको थियो । साथै विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परामर्शसमेत प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रहरी साझेदारीको अवधारणाअनुसार सञ्चालन गरिएको थियो ।

शिविरबारे जानकारी दिँदै JCI मलंगवाका उपाध्यक्ष सुभाष गुप्ताले स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो ।

गुप्ताका अनुसार शिविरमा प्रहरी कर्मचारीहरूका साथै सर्वसाधारणको समेत उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको समन्वय JCI मलङ्गवाले गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *