सर्लाीही, १२ जेठ । सरकारले आगामी आर्थिक वर्ष ०८३-०८४ का लागि बर्खे धान बालीको समर्थन मूल्य तोकेको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त समर्थन मूल्य निर्धारण गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्ले धानको वर्गअनुसार मूल्य तय गरेको हो।
निर्णयअनुसार मोटो धानको प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ समर्थन मूल्य तोकिएको छ।
