सर्लाही, १३ जेठ । प्रधानमन्त्री वालेन्द्र शाह काठमाडौं महानगरपालिका प्रमुख हुँदा सुरु गरिएको यमबुद्ध स्केटबोर्ड पार्क निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।
सुरुदेखि नै स्केटबोर्ड पार्कलाई प्राथमिकतामा राखिए पनि जमिन प्राप्त गर्न नसक्दा काम रोकिएको सो पार्क अहिले निर्माणको अन्तिम चरणमा पुगेको हो ।
सुरुमा वडा नं. १६ मा निर्माण गर्ने तयारी भए पनि तत्कालीन वडा अध्यक्ष मुकुन्द रिजालको निधनपछि जग्गा प्राप्त गर्न नसक्दा योजना स्थगित भएको थियो ।
अन्ततः काठमाडौं– ५ का वडा अध्यक्ष वीरेन्द्र प्रजापति र स्थानीय समुदायको पहलमा १३ रोपनी सरकारी जग्गा संरक्षण गरी २९ जेठ २०८१ देखि पार्क निर्माण काम सुरु गरिएको थियो ।
-1779857023.jpg)
पार्कमा प्रमुख संरचनाहरू अन्तर्राष्ट्रियस्तरको स्केटबोर्डिङ एरिया (र्याम्प्स, बोल्स र स्ट्रिट्ससहित), बालबालिकाको खेलमैदान, खुला व्यायामशाला (ओपन जिम), शौचालय ब्लक, भलिबल कोर्टलगायत रहेको छ ।
युवाहरूको संस्कृतिलाई अभिव्यक्ति दिने, कला–संगीतलाई प्रोत्साहन गर्ने र परिवारमैत्री सामुदायिक स्पेसका रूपमा यो परियोजना अघि बढाइएको महानगरले जनाएको छ ।
-1779857023.jpg)
-1779857023.jpg)
-1779857022.jpg)
-1779857022.jpg)
-1779857021.jpg)
-1779857021.jpg)
-1779857021.jpg)
-1779857020.jpg)
-1779857020.jpg)
-1779857020.jpg)
-1779857019.jpg)
-1779857019.jpg)
तस्वीर : नेपाल फोटो लाइब्रेरी
