सर्लाही, १३ जेठ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ । आज ( १३ जेठ) गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा महत्त्वपूर्ण निर्णय गरेको हो ।

सरकारका प्रवक्ता विनोदकुमार शाहले बैठकले कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (चौथो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने,  कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा प्रदेश सचिव लक्ष्मीकुमार विकलाई कामकाजमा खटाउने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार योगदानमा आधारित निवृत्तिभरण कोष स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक तर्जुमाको अवधारणापत्रलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, सामयिक राजस्व उठाउनेसम्बन्धी विधेयक तर्जुमा सम्बन्धी अवधारणापत्रलाई समेत बैठकले सैद्धान्तिक स्वीकृति दिएको छ ।

यस्तै, बैठकले कर्णाली प्रदेश विनियोजन ऐन, २०८२ कार्यान्वयनमा देखिएको बाधा अड्काउ फुकाउन आदेश जारी गर्ने र कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८३ पनि स्वीकृत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *