सर्लाही, १३ जेठ । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह आज पर्सा जिल्ला अदालतमा उपस्थित भएका छन् । उनी बिहान ९ बजे कार्यालय समय सुरु हुनासाथ अदालत पुगेका हुन् ।

आफ्नो मुद्दामा अदालतबाट म्याद जारी भएको जानकारी सञ्चारमाध्यममार्फत पाएपछि न्यायिक प्रक्रियामा सहयोग पुर्‍याउन स्वेच्छाले अदालतमा उपस्थित भएको मेयर सिंहले बताए ।

यद्यपि, मुद्दाको चाप बढी रहेका कारण आज उनको मुद्दामा सुनुवाइ हुन नसक्ने अवस्था रहेको अदालत स्रोतले जनाएको छ । सुनुवाइ नहुने भएपछि मेयर सिंह अदालतबाट फर्किएका छन् ।

जिल्ला अदालत पर्साले सिंहविरूद्ध नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएको जनाएको छ ।

अदालतले यही मुद्दामा राजेशमानकी श्रीमती र वीरगंज महानगरपालिकाका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायलाई समेत पक्राउ पुर्जी जारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *