सर्लाही, १३ जेठ । स्वास्थ्य बिमा बोर्डले वित्तीय संकट रहेको भन्दै निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेक बिमा स्वास्थ्य सेवा स्थगित गरेको छ।

बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले एक सूचना निकालेर जेठ १६ गतेदेखि लागू हुने गरी निजी स्वास्थ्य संस्थामा आकस्मिकबाहेक स्वास्थ्य बिमा सेवा स्थगित गरिएको उल्लेख गरेकी हुन्।

बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै बोर्डले जेठ ११ गतेको बैठकबाट निजी अस्पतालहरूमा आकसम्मिकबाहेक स्वास्थ्य बिमा सेवा स्थगित गर्ने निर्णय गरेको थियो।

‘अर्को निर्णय नभएसम्म सरकारले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा बाहेकका स्वास्थ्य बिमा सेवाहरू जेठ १६ गतेदेखि लागू हुने गरी स्थगन गर्ने निर्णय गरेको छ,’ बोर्डले जारी गरेको सूचनामा उल्लेख छ।

यस्तो छ सूचना-

706169741_1312961390960574_4832775360373922864_n-1779859033.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *