सर्लाही, १५ जेठ ।  सरकारले अहिले ११ तहमा रहेको भन्सार दरलाई ७ तहमा सीमित गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।

उनका अनुसार औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार महसुलमा एक तह घटाइएको ।

कुल २७३ वस्तुमा भन्सार दर घटेको उनले बताए । ३६० वस्तुको अन्तःशुल्क खारेज गरिएको छ ।

भन्सार विन्दुमा संकलन हुने छरिएका करलाई एकीकृत हरित करमा रुपान्तरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *