सर्लाही, २० जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतको सम्बन्धलाई उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर रहेको उल्लेख गरेका छन् ।

पाँचदिने भारत भ्रमणमा रहेका नेपालका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लाछिानेसँग बुधबार भेटवार्ता गरेपछि मोदीले छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल एक प्राथमिकता साझेदार भएको उल्लेख गरे ।

साझा र समृद्ध भविष्यकf लागि मिलेर काम गर्ने लामिछानेको इच्छालाई आफूले स्वागत गरेको उल्लेख गरे । 

लामिछानेलाई भेटेपछि सामाजिक सञ्जालमा यस्तो लेखे मोदीले 

‘राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका अध्यक्ष श्री रवि लामिछानेलाई भेट्न पाउँदा खुसी लाग्यो । साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने उहाँको इच्छालाई म स्वागत गर्दछु र पूर्ण रूपमा साझा गर्दछु ।

हाम्रो छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल एक प्राथमिकता साझेदार हो र हामी हाम्रा दुई देशहरूबिचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *