सर्लाही, २० जेठ । मधेश सरकारले मन्त्रालयहरूको संख्या घटाउन कार्यदल बनाएको छ । मधेशका अर्थमन्त्री युवराज भट्टराईको संयोजकत्वमा तीन सदस्य कार्यदल गठन भएको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
कार्यदलको सदस्यमा मुख्यमन्त्री कार्यालयकी सचिव पार्वती शर्मा र ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव होमनाथ पौडेल रहेका छन् ।
सत्ता समीकरण फेरिएपछि सत्ता घटक तीन दलबीच भएको १५ बुँदे सहमतिमा मन्त्रालयको संख्या घटनाउने उल्लेख थियो ।
अहिले मधेशमा मुख्यमन्त्री कार्यालयसहित १२ मन्त्रालय छ । ९ मन्त्रालयमा सीमित गर्ने सहमति तीन दलबीच छ ।
