सर्लाही, २४ जेठ । रौतहटमा प्रहरीले भन्सार छली गरी ल्याइएका सामानसहित पिकअप गाडी नियन्त्रणमा लिएको छ । बरामद सामानसहित सवारी साधनलाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले जनाएको छ

ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको टोलीले दुर्गाभवती गाउँपालिका–३ स्थित झाँझ पुल नजिक चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा ल्याइँदै गरेको सवा २ लिटरको ८१ बोतल माउन्टेन डिउ बरामद गरेको हो ।

त्यसैगरी, ईलाका प्रहरी कार्यालय कोपावा पिपरियाको गस्ती टोलीले बौधिमाई नगरपालिका–५ बमनहरमा गरेको चेकजाँचका क्रममा प्रदेश २–०३–००१ च २७२१ नम्बरको पिकअप गाडीमा ३ हजार किलो भारतीय गुड फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरी टोली देख्नासाथ गाडीका चालक फरार भएका थिए ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी बसन्त गौतमका अनुसार बरामद सामानको अनुमानित मूल्य करिब १ लाख ५० हजार रुपैयाँ र पिकअप गाडीको मूल्य २० लाख रुपैयाँ रहेको छ ।

बरामद सामान तथा सवारी साधनलाई आवश्यक कारबाहीका लागि शनिबार जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रवक्ता डिएसपी गौतमले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *