सर्लाही, २४ जेठ । प्रविधि क्षेत्रको अग्रणी कम्पनी ओपनएआईले च्याटजीपीटीको कार्यक्षमता बढाउनका लागि एउटा ठुलो अपग्रेडको घोषणा गरेको छ ।
यस नयाँ अपडेटपछि च्याटबोटले प्रयोगकर्ताहरूसँग भएका अघिल्ला कुराकानीहरूबाट प्राप्त जानकारीको अझ प्रभावकारी रूपमा प्रयोग गर्न सक्नेछ ।
समयसँगै प्रयोगकर्ताका रुचि, प्राथमिकता, चलिरहेका परियोजना र व्यक्तिगत विवरणहरूलाई सम्झने प्रक्रियामा सुधार ल्याउने उद्देश्यले यो प्रविधि ल्याइएको हो ।
पुराना र महत्त्वपूर्ण कुराहरू च्याटबोटले बिर्सिने समस्यालाई समाधान गर्न र निरन्तर बढिरहेको प्रयोगकर्ताको सङ्ख्यालाई ध्यानमा राखेर यो फिचरलाई थप प्रभावकारी बनाइएको ओपनएआईले जनाएको छ ।
कम्पनीका अनुसार यो नयाँ प्रणाली एउटा परिमार्जित आर्किटेक्चरमा आधारित छ, जसले ठुलो परिमाणको मेमोरीलाई निकै कुशलताका साथ व्यवस्थापन गर्न सक्छ ।
ओपनएआईले आफ्नो ब्लग पोस्टमार्फत ‘ड्रिमिङ’ नामको नयाँ मेमोरी आर्किटेक्चरको विस्तृत विवरण सार्वजनिक गरेको छ । यो प्रविधिले ब्याकग्राउन्डमा काम गरेर अघिल्ला संवादहरूबाट सङ्कलन गरिएका जानकारीहरूलाई व्यवस्थित र रिफ्रेस गर्ने गर्दछ ।
यसले गर्दा च्याटजीपीटीलाई पुराना र आवश्यक सन्दर्भहरू याद राख्न सजिलो हुन्छ र प्रयोगकर्ताले एउटै विवरण बारम्बार दोहोर्याइरहनु पर्दैन ।
यो फिचर हालका लागि अमेरिकामा रहेका च्याटजीपीटी ‘प्लस’ र ‘प्रो’ सब्सक्राइबरहरूका लागि रोलआउट भइरहेको छ । आगामी केही हप्ताभित्रै अन्य क्षेत्रका साथै ‘फ्रि’ र ‘गो’ प्रयोगकर्ताहरूका लागि पनि यसको सपोर्ट उपलब्ध गराइने कम्पनीले स्पष्ट पारेको छ ।
यो पछिल्लो रिलिज विगत दुई वर्षमा प्रस्तुत गरिएका सुरुवाती मेमोरी फिचरहरूको अनुभवमा आधारित छ । ओपनएआईले सन् २०२४ मा ‘सेभ्ड मेमोरिज’ लन्च गरेको थियो, जसका माध्यमबाट प्रयोगकर्ताले च्याटजीपीटीलाई कुनै विशेष जानकारी याद राख्नका लागि आग्रह गर्न सक्थे ।
त्यसको एक वर्षपछि कम्पनीले यस फिचरको दायरा बढाउँदै ‘ड्रिमिङ’ को सुरुवाती संस्करणमार्फत च्याटबोटलाई पुरानो कुराकानीको सन्दर्भ लिन सक्ने बनाएको थियो ।
ओपनएआईका अनुसार यो अपडेटेड सिस्टमले मुख्य गरी तीनवटा क्षेत्रमा ध्यान केन्द्रित गर्छ । पहिलो, अघिल्ला कुराकानीहरूबाट काम लाग्ने सन्दर्भहरू कायम राख्ने, दोस्रो, प्रयोगकर्ताको इच्छा वा प्राथमिकतालाई निरन्तर लागू गर्ने र तेस्रो, भण्डारण गरिएका जानकारीहरू बदलिँदो परिस्थिति अनुसार अपडेटेड छन् भन्ने सुनिश्चित गर्ने ।
ओपनएआईका अनुसार यो अपडेटेड सिस्टमले मुख्य गरी तीनवटा क्षेत्रमा ध्यान केन्द्रित गर्छ। पहिलो, अघिल्ला कुराकानीहरूबाट काम लाग्ने सन्दर्भहरू कायम राख्ने, दोस्रो, प्रयोगकर्ताको इच्छा वा प्राथमिकतालाई निरन्तर लागू गर्ने र तेस्रो, भण्डारण गरिएका जानकारीहरू बदलिँदो परिस्थिति अनुसार अपडेटेड छन् भन्ने सुनिश्चित गर्ने ।
