सर्लाही, २६ जेठ । मन्त्रिपरिषद्को बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा विभिन्न मन्त्रालयबाट प्राप्त नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने कार्यसूची रहेको स्रोतले जनाएको छ ।
बैठकले समसामयिक प्रशासनिक तथा नीतिगत विषयमा पनि निर्णय गर्न सक्ने बताइएको छ । साथै, केही मन्त्रालयका सचिवहरूको सरुवासम्बन्धी निर्णयसमेत हुन सक्ने स्रोतको भनाइ छ ।
