सर्लाही, २८ जेठ । आज देशभर अधिकांश ठाउँमा वर्षा हुने देखिएको छ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको र यसको प्रभाव रहँदा बुधबार देशका अधिकांश भागमा हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागकाअनुसार आज पनि देशभर साधारणतया बादल लाग्नेछ भने अधिकांश ठाउँमा वर्षा हुने छ ।  

कोशी, बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरू तथा मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरू साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको  विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *