सर्लाही, ३० जेठ । जलवायु परिवर्तनले मानव प्रजनन स्वास्थ्यमा समेत गम्भीर असर पुर्‍याउन थालेको छ । प्रजनन तथा आईभीएफ विशेषज्ञ डा. रश्मी श्रीशका अनुसार विश्वभर निःसन्तानपनको दर बढ्दै गएको छ, र यसको प्रमुख कारण जलवायु परिवर्तन र वातावरणीय असन्तुलन रहेको छ ।

चीनमा भएको अध्ययनले प्रजनन समस्याका कुल घटनामध्ये २० प्रतिशतमा जलवायु परिवर्तनको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहेको देखाएको छ ।

बढ्दो तापक्रम, वायु प्रदूषण, रासायनिक पदार्थ र प्लास्टिकको प्रयोगले महिलामा अनियमित महिनावारी र छिटो मेनोपज, तथा पुरुषमा शुक्रकीटको संख्या र गुणस्तरमा कमी ल्याउने गरेको छ ।

विश्वमा हरेक ६ दम्पतीमध्ये एक निःसन्तानपनबाट प्रभावित छन्, नेपालमा पनि उस्तै अनुपात रहेको अनुमान छ । डा. श्रीशले यसलाई व्यक्तिगत समस्या नभई सार्वजनिक स्वास्थ्य मुद्दाका रूपमा हेर्नुपर्ने र सरकारले एकीकृत अध्ययन तथा नीति निर्माण गर्नुपर्ने जोड दिनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *