सर्लाही, २ असार । सर्लाहीको बागमतीमा (आज) मङ्गलबार एक वृद्धा मृत अवस्थामा फेला पर्नुभएको छ । बागमती नगरपालिका –९, स्थित हनुमान सामुदायिक वनको पोखरीनजिक वृद्धाको शव बरामद भएको हो ।
रामनगर गाउँपालिका –६, मलघटा टोल बस्ने अन्दाजी ८० वर्षीया हँसियादेवी महरा मृत फेला पर्नुभएको हो ।
वृद्धाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गोपीकृष्ण सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार महिलाको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको छ । महिला आफन्तलाई भेट्न आउनेक्रममा उक्त पोखरीमा डिलमा पुगेको हुनसक्ने आशङ्का गरिएको छ ।
