सर्लाही, ५ असार । प्रतिनिधि सभाको बैठक ६ दिनका लागि स्थगित भएको छ। 

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकबाट चार वटा अध्यादेश स्वीकृत भएका छन् । त्यससँगै सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन् । 

सभामुख अर्यालले अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको जानकारी दिए। प्रतिनिधि सभाबाट बजेट र त्यससँग सम्बन्धित विधेयक पारित भइसकेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *