काठमाडौं, ५ असार । दक्षिण कोरियामाथि रोमाञ्चक जित निकाल्दै आयोजक मेक्सिको फिफा विश्वकप २०२६ को नकाउट चरणमा प्रवेश गरेको छ ।

शुक्रबार घरेलु मैदानमा दक्षिण कोरियालाई १–० गोलले हराउँदै मेक्सिको नकाउट चरण (राउन्ड अफ ३२) मा प्रवेश गरेको हो ।

दक्षिण कोरियालाई हराउन मेक्सिकोका लुइस रोमोले ५०औँ मिनेटमा गोल गरेका थिए । रोमोले कोरियाली गोलकिपरको हातबाट फुत्किएको बललाई पुन प्रहार गरी गोलमा परिणत गरेका थिए ।

यो जितसँगै मेक्सिको समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । मेक्सिकोको यो लगातार दोस्रो जित हो । यसअघि मेक्सिकोले दक्षिण कोरियालाई हराएको थियो ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *