सर्लाही, १५ असार । नेपाल प्रहरीले गएको जेठ महिनामा विभिन्न कारबाहीबाट झण्डै ८७ करोड रुपैयाँ संकलन गरेको छ। उक्त रकम राजस्वमा दाखिला गरिएको नेपाल प्रहरीले जनाएको छ । 

देशैभरी सञ्चालन गरिएका विभिन्न कारबाहीबाट प्रहरीले एक महिनामा ८६ करोड ९८ लाख १९ हजार ८४४ रुपैयाँ राजस्व संकलन गरेको हो । 

यस अवधिमा अदालती फैसला कार्यान्वयनबाट २३ करोड ४४ लाख ४३ हजार ८९१ रुपैयाँ, ट्राफिक कारबाहीबाट १२ करोड ९ लाख १० हजार १३१, सुनचाँदी बरामदबाट १ करोड ७५ लाख ८४३, भन्सार छलीको सामान बरामदबाट ४१ करोड ३७ लाख ३७ हजार ९१३, स्रोत नखुलेको रकम बरामदबाट ३ करोड ५९ लाख ३८ हजार ६१० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । 

त्यसैगरी नदीजन्य पदार्थको अवैध उत्खनन् सम्बन्धी कारबाहीबाट ८१ लाख ८९ हजार ६ रुपैयाँ, अवैध काठ बरामदबाट १ करोड २२ लाख ७६ हजार ९४३, अवैध पशुपंक्षी बरामदबाट ५४ दाख २१ हजार १६०, अवैध मुद्रा बरामदबाट १ करोड ४० लाख ३१ हजार ३४७ र हुण्डी करोबारबाट ४७ लाख लाख ९५ हजार रुपैयाँ संकलन भएको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *