सर्लाही, १७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन् ।

चितवनमा भएकाे रास्वपाको पहिलो महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । बाँकी ५१ जना केन्द्रीय सदस्य भने सभापतिले मनोनीत गर्ने व्यवस्था छ ।

शपथपछि केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई सभापति लामिछानेले घण्टीजडित मायाको चिनो र प्रमाणपत्र प्रदान गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *