सर्लाही, २० असार । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले चीन नेपालको भरपर्दो र विश्वासिलो साझेदार भएको बताएका छन् ।

‘चिनियाँ कम्युनिस्ट पार्टीको १०५ वर्ष: ऐतिहासिक अनुभव र नेपालको विकास’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेपाल ‘एक चीन नीति’ प्रति सदैव प्रतिबद्ध रहेको बताए ।

उनले नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने प्रस्ट पारे। सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा व्यक्त भएको नेपाललाई भूपरिवेष्ठितबाट भूजडित मुलुक बनाउने दृष्टिकोणलाई साकार पार्न बीआरआई अन्तर्गतका आयोजनाहरूलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।

उनले भने, ‘परम्परागत कूटनीतिभन्दा माथि उठेर आर्थिक साझेदारी र राजनीतिक संवादका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्छ। ट्रान्स–हिमालयन कनेक्टिभिटीको कार्यान्वयनमा जोड हामीले दिनुपर्छ ।’

कुनै पनि पार्टी र राज्य सञ्चालनका लागि सही वैचारिक कार्यदिशा, सुदृढ अनुशासन र भ्रष्टाचार विरुद्धको कडा कदम अपरिहार्य समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *