सर्लाही, २० असार । सरकारले औद्योगिक क्षेत्रभित्र लामो समयदेखि उठ्न बाँकी रहेको वक्यौता रकम असुल्ने अभियान सुरु गरेको जनाएको छ ।

शनिबार सरकारको १ सय दिनको उपलब्धि सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले वक्यौता रकम असुल्ने काम सुरु गरेको बताएका हुन् ।

उनका अनुसार हालसम्म ४३ करोड ४८ लाख २१ हजार १३१ रुपैयाँ वक्यौता असुली भइसकेको छ । उनले औद्योगिक क्षेत्रको वित्तीय अनुशासन कायम गर्न वक्यौता असुली अभियानलाई तिव्रता दिएको जानकारी दिए ।

सरकारले एकीकृत व्यवसायिक पुनरुत्थान योजना कार्यान्वयन गर्दै जेन-जी आन्दोलनबाट प्रभावित उद्योग, व्यापारिक प्रतिष्ठान तथा आर्थिक गतिविधिलाई राहत उपलब्ध गराइरहेको बताए। सो योजनाअन्तर्गत कर छुट, सहुलियत तथा अन्य मौद्रिक सुविधासमेत प्रदान गरिएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *