सर्लाही, २० असार । सरकारले दुग्ध किसानलाई दूध बिक्रीबापत दिन बाँकी रहेको रकममध्ये करिब ४१ करोड रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरकारको १०० दिनको प्रमुख उपलब्धि सार्वजनिक गर्दै प्रवक्ता सस्मित पोखरेलले यस्ताे जानकारी दिएका हुन् ।
सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पोखरेलले १७ वैशाख २०८३ सम्म दूध खरिदबापत किसानलाई तिर्न बाँकी रकम ६७ करोड रुपैयाँ रहेको उल्लेख गर्दै त्यसमध्ये करिब ४१ करोड रुपैयाँ भुक्तानी भइसकेको जानकारी दिए ।
शिक्षा तथा खेलकुदमन्त्रीसमेत रहेका पोखरेलले बाँकी रकम पनि चरणबद्ध रूपमा भुक्तानी गर्ने प्रक्रिया अघि बढाइएको बताए ।
पोखरेलले स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि सञ्चालनमा ल्याइएको फ्री हेल्थ पोर्टलबाट हालसम्म झन्डै दुई हजार नागरिकले सेवा लिएको जानकारी पनि दिए ।
