सर्लाही, २९ असार । आज बिहान हेटौँडाको कर्रा खोलामा आएको बाढीले १२ चक्के ट्रक बगाएको छ ।
बिहान ०७ः४५ बजे हेटौँडा–१७ हटियास्थित शिवम् सिमेन्टबाट फर्किरहेको ट्रक ह्युम पाइप हालेर बनाएको कल्भर्टमा पानीको बहाव बढ्दा बगेको हो ।
शिवममा ढुङ्गा अनलोड गरेर फर्कदै गरेको ना७ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक चालकसहित बगाएकामा चालक, चितवन, रत्ननगर–१३ का ३४ वर्षीय दीपक थिङ पौडिएर निस्कन सफल भएका छन् । ट्रक खोलामै रहेको छ ।
