सर्लाही, २९ असार । कान्तिपुर पब्लिकेशन, अनलाइन खबर लगायत मिडिया अफिस अगाडि शंकास्पद गाडी पार्किङ गरिएको छ ।
प्रवेशद्वारमा अवरोध पुग्ने गरी बिहान साढे ७ आसपास दुबै मिडिया हाउसको गेटमा गाडी पार्किङ गरिएको हो ।
कान्तिपुरको तीनकुनेस्थित कार्यालयको गेटमा पार्क गरिएको गाडीका कारण पत्रकारहरूलाई सवारीसहित आवतजावत गर्न बाधा पुगेको छ ।
टेलिभिजनको गाडी भित्र-बाहिर गर्न सकिएको छैन । रिपोर्टिङमा जान पत्रकारहरू रोकिएका छन् ।
अनलाइनखबरको नयाँबानेश्वरस्थित अफिसको गेट अगाडि पनि गाडी रोकिएको छ । झन्डै गेटको आधा भागसम्म गाडीले ढाकेको छ ।
त्यसैगरी अनलाइनखबरद्वारा सञ्चालित मध्यबानेश्वरमा रहेको हिमालय टेलिभिजनको गेट अगाडि पनि गाडी रोकिएको छ ।
तीन वटै गाडी निजी नम्बर प्लेटका छन् । गाडी कसले र किन छाडेर गएको हो भन्ने खुलिसकेको छैन ।
यी मिडिया हाउसले पनि गाडी कसले किन राखेको भन्नेबारे बुझ्ने प्रयास गरिरहेको छ । त्यस्तै प्रहरीलाई पनि खबर गरेको छ ।
यसबारे मिडिया हाउसले प्रहरीमा खबर समेत गरिसकेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले यसबारे आफूले जानकारी पाएपछि प्रहरी पठाइसकेको बताए ।
‘कान्तिपुर र अनलाइनखबरमा राखिएको खबर छ । हामीले प्रहरी पठाइसकेका छौं । हामी अनुसन्धान पनि गर्छौं, गाडी पनि हटाउँछौं,’ उनले भने ।
अहिले प्रहरीले कान्तिपुरमा रहेको गाडीमा ह्विललक लगाएको छ ।
काठमाडौं महानगरको प्रहरी बल र नेपाल प्रहरीको ज्यादतीका कारण गणेश नेपालीले आत्मदाह गरेपछि प्रहरीका ज्यादती र जरीवाना लगायतबारबारे मिडिया हाउसहरुले प्रश्न उठाउँदै समाचार लेखेका थिए ।
मिडिया हाउसहरुले बिहानै ट्राफिक प्रहरीलाइ गेट अगाडी रोकिएको गाडी हटाउन खबर गरेका थिए । तर प्रहरीले बिहान ११ बजेपछि मात्र प्रक्रिया सुरु गरेको थियो ।
तस्बिरहरू:
-1783922486.jpeg)


-1783922485.jpeg)
-1783922485.jpeg)
