सर्लाही, २९ असार । दोलखाको कालिञ्चोक गाउँपालिका–१, क्याम्पोलमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन् ।
आइतबार राति ९ बजे क्याम्पोल हेलेकपाथलीमा माइतबाट घर फर्कने क्रममा सडकमाथिबाट आएको पहिरोमा परेर ४ महिनाकी नाबालिका एलिसा थामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा परेर उनकी १९ वर्षीया आमा शर्मिला थामी गम्भीर घाइते भएकी छन् ।
पहिरोमा परेका आमा–छोरीको स्थानीयले राति नै उद्धार गरेर दोलखा धुलिखेल अस्पताल ल्याएका थिए । अस्पताल ल्याउने क्रममा नाबालिकाको बाटोमै मृत्यु भएको र गम्भीर घाइते आमा शर्मिलालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ ।
