सर्लाही, २९ असार । भारतको अंग्रेजी भाषाको विश्वच्यानल विओनको डिजिटल संस्करणले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को राजीनामा माग भएको लेखेको छ ।
समाचारमा जुन विद्यार्थीले शाहलाई प्रधानमन्त्री बनाए अहिले उनीहरूले नै राजीनामा माग्न थालेको उल्लेख गरिएको छ । खासगरी नेपाल भारतको सीमा मुद्दामा शाहले बोलेको कुराबाट विवाद सुरु भएको बताइएको छ ।
१० विद्यार्थी संगठनले शाहको राजीनामा मागेको समाचारमाले लेखिएको छ ।
केहीअगाडि भारतीय मिडियाले शाहको भारत भ्रमणको चर्चा गरेकोमा अहिले राजीनामाको चर्चा गरेका छन् ।
