बाराको निजगढमा मङ्गलबार गृहमन्त्री सुधन गुरुङलाई ज्ञापनपत्र बुझाउँदै जनकपुरबाट काठमाडौँ जान लागेका मिटरब्याज पीडित । तस्बिरः दिवाकर भण्डारी/रासस

सर्लाही, ३० असार । गृहमन्त्री सुधन गुरुङलाई मिटरब्याज पीडितले ज्ञापनपत्र बुझाएका छन् । बाराको निजगढमा जनकपुरधामबाट ‘पैदल न्याय मार्च’ गर्दै काठमाडौँतर्फ प्रस्थान गरेका पीडितले ज्ञापनपत्र बुझाएका हुन् ।

बिहानै गृहमन्त्री भेट्न आउने जानकारी पाएपछि मिटरब्याज पीडित निजगढमै रोकिएका थिए । त्यसपछि उद्योग वाणिज्य संघ निजगढको सभाहलमा गृहमन्त्री र पीडितबीच छलफल भएको थियो ।

छलफलका क्रममा गृहमन्त्री गुरुङले मिटरब्याज पीडितका गुनासा र मागबारे जानकारी लिँदै समस्या समाधानका विषयमा संवाद गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *