सर्लाही, ४ साउन । रौतहटको सदरमुकाम गौरबाट पुरेनवातर्फ जाने सडकखण्डमा रहेको हनुमान मन्दिर नजिक सडकमा रगतले लतपत भएको शंकास्पद बोरा फेला परेको छ ।
सोमबार फेला परेको उक्त बोराबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटको टोली घटनास्थलमा पुगेर आवश्यक सुरक्षा घेरा कायम गर्दै अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
बोराभित्र के रहेको भन्ने विषय तत्काल खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी बोरा खोल्ने तथा थप अनुसन्धान गर्ने तयारी भइरहेको छ ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको प्रकृति, कारण तथा बोराभित्र रहेको वस्तुबारे अनुसन्धान गरिरहेको छ ।
