सर्लाही, ६ साउन । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष महाधिवेशन भएको दाबी गरेका छन् ।

इतर पक्षले काठमाडौंमा गरेको भेलालाई सम्बोधन गर्दै कांग्रेस बलियो नभए मूलुक दुर्घटनामा जाने बताए ।

उनले भने, ‘प्रदेश भेला गरिसक्यौैं। आज केन्दीय भेला राख्नुपर्छ, पार्टी फुटाउने होइन, अर्को पार्टी बनाउने हो, गगन थापाको नेतृत्वमा लोकतान्त्रिक शक्तिलाई सति जान दिइनेछैन।’

उनले गगन थापाको नेतृत्वमा चुनावमा गएकाले पार्टीले खरानी भएको दाबी गरे। गगनले काठमाडौं ४ बाट चुनाव लडेको भए जमानत जफत हुने जिकिर गरे।

गगन नेतृत्वको कांग्रेस भदौ २ गतेबाट महाधिवेशनमा लाग्ने भएकाले ढिला नगरी बिपीले बनाएको कांग्रेस बनाउन जानुपर्ने बताए। उनले सहमतिको सम्भावना नभएको जिकिर गरे।

उनले नेतृत्वलाई पनि नयाँ पार्टी बनाउन खुट्टा नकमाउन आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *