सर्लाही, ७ साउन । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा चलिरहेको त्रिदेशीय शृङ्खलामा नेपालले आज घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ ।

नेपाल यो श्रृंखलाको पहिलो खेलमा नामिबियासँग ८ विकेटले पराजित भएको थियो। नेपालले यस शृङ्खलाको तेस्रो खेल साउन ११ गते पुनः नामिबियासँग र साउन १३ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

लिग-२ अंकतालिकामा नेपाल र नामिबिया दुवैको २९ खेलबाट समान २४ अंक पुगेको छ । राम्रो नेट रनरेटका आधारमा नेपाल पाँचौँ र नामिबिया छैटौँ स्थानमा छन् । नेदरल्यान्ड्स ३२ अंकसहित तेस्रो स्थानमा छ ।

अंकतालिकाको शीर्ष स्थानमा अमेरिका, दोस्रोमा स्कटल्यान्ड र चौथोमा ओमान रहेका छन् । विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः स्थान बनाउन शीर्ष चारभित्र रहनुपर्ने भएकाले नेपालका लागि बाँकी खेलहरू निकै महत्वपूर्ण छन् ।

विश्वकप लिग-२ मा प्रत्येक टोलीले ३६ खेल खेल्नेछन् । नेपालको अझै ७ खेल बाँकी रहेकाले शीर्ष चारमा पुग्न जित्नैपर्ने दबाब छ । यस्तै, एकदिवसीय मान्यता जोगाउन भने शीर्ष ६ भित्र रहनु पर्याप्त हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *