सर्लाही, ८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वमन्त्री बब्लु गुप्ताले ट्राफिक नियम उल्लंघन गरेकोमा माफी मागेका छन् । आफूले ट्राफिक नियम उल्लंघन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि गुप्ताले माफी मागेका हुन् ।

गुप्ताले मोटरसाइकलको पछाडि उभिएर भिडियो खिच्दै जोखिमपूर्ण यात्रा गरेका थिए । उनको त्यो शैलीको सामाजिक सञ्जालमा विरोध भएको थियो । विरोधपछि गुप्ताले सामाजिक सञ्जालमा स्टाटस लेखेर माफी मागेका छन् ।

‘बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भए । त्यही खुसी र रमाइलोको क्षणमा मजाकमजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लंघन गरेको रहेछु भन्ने कुरा मैले आफैँ महसुस गरेको छु’, उनले लेखेका छन्, ‘मबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दछु ।’

साथै, उनले त्यो जोस र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने वाचा पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *