सर्लाही, १५ साउन । धनुषाको सबैला नगरपालिका वडा नं १२ रघुनाथपुरमा एक व्यक्तिको हत्या भएको छ ।

धनुषाको हँसपुर नगरपालिका-३ मलहनिया घर भई रघुनाथपुरको हनुमान मन्दिरमा राति बस्दै आएका करिब ४५ वर्षीय बन्ठु राउत गडेरीको हत्या भएको हो ।

गएराति उनको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *