सर्लाही, १९ साउन । नेपाली सेनाका अधिकृतलाई हप्कीदप्की गरेको घटनामा रास्वपा सांसद राजु पाण्डेले प्रस्टीकरण दिएका छन् । मंगलबार एक वक्तव्य जारी गर्दै उनले सत्य नबुझी घटनाबारे भ्रम फैलाइएको आरोप लगाएका छन् ।
सेनाप्रति आफ्नो सधैँ सम्मान रहेको उनले बताएका छन् । पाण्डेले सैन्य अधिकृतलाई हप्कीदप्की गरेको भिडियो सामाजिक सञ्जालमा छाएको छ ।
मंगलबार साँझ सार्वजनिक भएको पाण्डेको वक्तव्यमा मिति भने हिजो १८ साउनकै राखिएको छ ।

